प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट

सारांश

  • काठमाडौं ।
  • निर्वाचनको मिति तीन दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोडघटाउमा व्यस्त भएका छन् ।
  • यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ ।

काठमाडौं । निर्वाचनको मिति तीन दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोडघटाउमा व्यस्त भएका छन् । यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ । प्रमुख दलहरुले  निर्वाचनमा आफुले जित्ने न्युनतम देखि अधिकतम स्थानिय तहको संख्याको आँकलन निकालीरहेका छन् । जसअनुसार प्रदेश १ मा नेकपा(एमाले)को बहुमत, प्रदेश ७ मा नेपाली  (काँग्रेस) को बहुमत र प्रदेश पाँचमा नेकपा(माओवादी केन्द्र) सहितको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।  नेकपा(एमाले)ले निर्वाचनमा बढीमा १५५ स्थानिय तहमा कब्जा जमाउने विवरण प्राप्त गरेको छ । अधिकतम प्रयास र चलखेल गर्न सके १५५ जित्ने रिपोर्ट एमाले केन्द्रीय कार्यालयमा पुगेको छ । तर अहिलेसम्म १२० स्थानमा मात्रै जित निश्चित रहेको र बाँकी ३५ ठाउँमा परिस्थिति अनुसार तलमाथि हुने रिपोर्ट एमालेले पाएको छ । एमाले प्रदेश नम्बर एकमा ५५ प्रतिशत  ठाउँमा चुनाव जितेर बहुमतमा पुग्ने रिपोर्ट आएको छ । प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७ मा ३५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने एमाले आँकलन छ ।  प्रदेश १मा ताप्लेजुङ, धरान लगायतका क्षेत्रमा एमाले विरुद्ध भएको अन्य दलको तालमेलले भने केही अप्ठेरो पर्ने एमालेले जनाएको छ ।  प्रदेश ५ मा गुल्मी, पाल्पा र रुपन्देहीमा एमालेको जिल्लागत रुपमा बहुमत आउने भएपनि अन्य जिल्लामा कडा प्रतिस्पर्धा रहेको छ ।  निर्वाचन हुने प्रदेश मध्ये एमालेको सबैभन्दा नाजुक अवस्था प्रदेश ७ मा रहेको छ ।  उता अर्को घटक नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनबाट दोस्रोमा खुम्चिनु परेकोमा पिडालाई मल्हम लगाउने योजना बनाएपनि सफल हुन गाह्रो हुने देखिएको छ  ।  काँग्रेसलाई जिल्लाहरुबाट प्राप्त भएको विवरण अनुसार बढीमा १५० स्थानमा स्थानिय तह जित्ने र जसमध्ये १२५ स्थानमा जित निश्चित रहेको विवरण आएको छ । दाङ, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पार्टी बहुमतको अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ ।  प्रदेश नम्बर दुईमा निर्वाचन भएको भए दोस्रो चरणको निर्वाचनमा काँग्रेस एक नम्बरको पार्टी सजिल्यै बन्थ्यो  । तर निर्वाचन नहुनुको फाईदा एमाले फेरी एक नम्बरको पार्टी बन्ने अवस्था आएको र त्यसलाई रोक्न धेरै मिहिनेत गर्नुपर्ने रिपोर्ट काँग्रेस मुख्यालय सानेपा दरबारमा पुगेको छ ।  काँग्रसमा कतै अन्तर्घात नभएको अवस्थामा मात्रै एक नम्बरको पार्टी बन्ने अन्यथा दोस्रोमा खुम्चिनुपर्ने विवरणले काँग्रेस झस्कीएको छ ।  काँग्रेसले प्रदेश नम्बर १ मा ३५ प्रतिशत, प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७मा ५५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने विवरण प्राप्त भएको छ ।  पहिलो चरणको निर्वाचनबाट हौँसिएको नेकपा(माओवादी केन्द्र) दोस्रो चरणको निर्वाचनमा पनि राम्रो पकड जमाउने योजनामा छ । धेरै जिल्लाहरुमा नेपाली काँग्रेससँग तालमेल गरेर निर्वाचन लडेका कारण पनि पार्टीको आकार केही बढ्ने उसको अपेक्षा छ ।  निर्वाचन हुने जिल्ला मध्ये रोल्पा, रुकुम, बर्दिया, कैलाली र कञ्चनपुरमा पार्टीको अवस्था राम्रो रहेको रिपोर्ट माओवादी मुख्यालय पेरिसडाँडामा आईपुगेको छ  । विगतको आधार क्षेत्र भएपनि दाङ, प्युठान लगायतका क्षेत्रमा अझै पार्टीको अवस्थामा सुधार नआएको घटनाले माओवादी दुखी छ । माओवादीले बढीमा ८० स्थानिय तहका निर्वाचन जित्ने तथा ५० तहमा जित निश्चित रहेको रिपोर्ट आएको छ ।  उसले प्रदेश १ मा २० प्रतिशत, प्रद्रेश ५ मा ३० प्रतिशत र प्रदेश ७ मा ३० प्रतितश स्थानिय तहका चुनाव जित्ने रिपोर्ट प्राप्त गरेको छ ।  चुनावमा सहभागी विजयकुमार गच्छदारको नेपाल फोरम लोकतान्त्रीकले सुनसरी, मोरङ, कैलालीमा केही स्थान जित्ने अवस्था छ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमले सुनसरी, मोरङ, कपिलबस्तु, बाँके लगायतका जिल्लामा केही स्थानिय तह जित्ने अवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान
राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान
सागमा १८ हजार सुरक्षाकर्मी
सागमा १८ हजार सुरक्षाकर्मी
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
नाम दर्ता गराउनेको संख्या बढ्दो
नाम दर्ता गराउनेको संख्या बढ्दो
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी

तपाईंले छुटाउनुभयो कि?