एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार
सारांश
- लमजुङ, १६ साउन ।
- पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
- जिल्ला अदालतबाट एक महिना कैद र एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
लमजुङ, १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट एक महिना कैद र एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
वि।सं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।
प्रतिक्रिया