सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

सारांश

  • काठमाडौं।
  • आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्।
  • आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो।

काठमाडौं। आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थान (आधिकारिक रुपमा तौल र परीक्षण बाँकी),४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको छ।

गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरूङ बारे सीआईवीले थपअनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर !
विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर !
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस
मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह
दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर !
७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै
७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल
कपनबाट करिब १९ लाख सहित जुवाडे पक्राउ, नाइके भाग्न सफल
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै

तपाईंले छुटाउनुभयो कि?