थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ९, २०८१
|
|
५२ पटक हेरिएको
Shares
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

सारांश

  • काठमाडौं।
  • थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
  • राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ।

काठमाडौं। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए। उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताए।

राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए।

प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे। निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिइन्।

थाइल्याण्डमा कार्यभार सम्हालेका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उनको कार्यकालको सफलताको कामना गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ:  प्रचण्ड
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ: प्रचण्ड
भन्छु आजै भन्दै पल र पूजाले के भने त दर्शकलाई ?
भन्छु आजै भन्दै पल र पूजाले के भने त दर्शकलाई ?
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
मन्त्रिमण्डल हेरफेर हुँदा बन्न सक्छन् यी नयाँ मन्त्री
मन्त्रिमण्डल हेरफेर हुँदा बन्न सक्छन् यी नयाँ मन्त्री
आजको मौसमः माैसम सफा रहने
आजको मौसमः माैसम सफा रहने
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध

तपाईंले छुटाउनुभयो कि?