भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५८ पटक हेरिएको
Shares
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय

सारांश

  • श्रावण १३, २०७४- माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को आगामी भदौ ७ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।
  • काठमाडौंमा बसेको क्रान्तिकारी पदाधिकारी बैठकले भदौ ७ देखि ११ गतेसम्म एकताको २१औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
  • स्ववियु निर्वाचनलगायत कारण देखाउँदै पटक पटक सर्दै आएको सम्मेलन द्रुतमार्ग (फास्ट ट्र्याक)बाट गरिन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रावण १३, २०७४- माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को आगामी भदौ ७ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

काठमाडौंमा बसेको क्रान्तिकारी पदाधिकारी बैठकले भदौ ७ देखि ११ गतेसम्म एकताको २१औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । स्ववियु निर्वाचनलगायत कारण देखाउँदै पटक पटक सर्दै आएको सम्मेलन द्रुतमार्ग (फास्ट ट्र्याक)बाट गरिन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । सम्मेलनमा दुई हजारभन्दा बढी प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधि यही साउन २८ गते देशैभर एकैदिन चयन गरिने छ । प्रतिनिधि चयनका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको क्रान्तिकारीले बताएको छ ।

माउ पार्टीले केन्द्रीय समितिको संख्या सानो आकारको बनाउने निर्णयसँगै क्रान्तिकारीले पनि १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । समावेशी, समानुपातिक, प्रदेश र क्षेत्रको प्रतिनिधित्वको आधारमा १ अध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र १ कोषाध्यक्ष गरी २५ पदाधिकारी सम्मेलनबाट निर्वाचित हुने कार्यविधि पारित गरिएको छ ।

बैठकले सम्मेलन तयारीका लागि क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति र विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । प्रतिवेदन लेखन, व्यवस्थापन र आर्थिक उपसमिति संयोजकमा अध्यक्ष नरेन्द्र न्यौपाने, प्रचार-प्रसार उपसमितिमा उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेत, कार्यालय व्यवस्थापन/तथ्यांक संकलन/विधान संशोधन उपसमिति संयोजकमा महासचिव वीरेन्द्र बस्नेत रहेका छन् भने स्वयंसेवक उपसमिति संयोजकको जिम्मेवारी सचिव दिपेश पुनलाई दिइएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकमा मा‌ओवादी केन्द्रका कार्यालय सदस्य एवं संगठन विभाग प्रमुख रामबहादुर थापा, विद्यार्थी फ्याक्सन इञ्चार्ज हितमान शाक्यको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

इकान्तिपुर बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)
मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो
किन बनेन पराजुलीको पेन्सन पट्टा!
किन बनेन पराजुलीको पेन्सन पट्टा!
हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ : प्रचण्ड
दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु
दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा

तपाईंले छुटाउनुभयो कि?