यसो भन्छन्, गायिका मिलन आमात्यका पती मेन्सन्को
सारांश
- सबैलार्इ थाहा छ कि, मैले मिलनलार्इ उनको करिअरमा कती सपोर्ट गरेको छु ।
- आसामबाट आएकी उनलार्इ मैले नागरिकता पनि मेरै नामबाट दिलाएको छु ।
- उनको पहिलो एल्बम सार्वजनिक गर्दा पनि मैले सबै सहयोग गरेँ ।
सबैलार्इ थाहा छ कि, मैले मिलनलार्इ उनको करिअरमा कती सपोर्ट गरेको छु । आसामबाट आएकी उनलार्इ मैले नागरिकता पनि मेरै नामबाट दिलाएको छु ।
उनको पहिलो एल्बम सार्वजनिक गर्दा पनि मैले सबै सहयोग गरेँ । उनको सांगीतिक करिअरमा मैले निकै को-अर्डिनेट गरेको छु । पहिलो एल्बम चर्चा भएपछि नै उनले चलचित्रमा गीत गाउन थालिन् । म कहाँ चुके मलार्इ पनि थाहा छैन ।
मेरो घरमा मेरी आमा र म थियौं । उनी आएपछि हामी ३ जना भयौं । उनले, आमासँग बस्न सक्दिनँ भनेपछि मैले नै कुलेश्वरमा फ्ल्याट किनेर हामी एकसाथ बस्यौं । म भने बेला-बेलामा आमालार्इ भेट्न जान्थेँ । उनको र मेरो बीचमा ६ महिना अगाडिबाट डिभोर्सको कुरा सुरु भएको हो ।
उनले, अब म तिमी र तिम्रो परिवारसँग बस्न सक्दिनँ भनिन् । मैले किन ? भनेर सोध्दा, उनले एकसाथ बस्दिनँ भनेर कुरा गरेपछि मैले बाटो खुला गरिदिएको हुँ । बजारमा चलेको हल्ला मेरो पनि कानमा आएपछि मैले उनलार्इ सोधेको थिएँ ।
तर, उनले होइन भनेर जवाफ दिइन् । उनी र म आधा वर्षदेखि अलग बस्दै आएका छौँ । उनी कुलेश्वरको फ्ल्याटमा बस्दै आएकी छिन् भने म आमासँग बस्छु ।
उनको असन्तुष्टी मसँग के थियो भन्ने मैले बुझेको छैन । यदि, मेरी आमासँग उनको असन्तुष्टी थियो भने मैले उनलार्इ कुलेश्वरमा छुट्टै राखेको थिएँ । अलग हुनुपर्ने कारण के थियो ? म उनलार्इ यो कुरा सोध्न चाहन्छु ।
मिलन पारिवारिक असमझदारीका कारण अलग भएको बताउँछिन् भने मेन्सनले भने मिलनले आफूसँग अलग हुन खोज्नुको कारण अझै बुझेका छैनन् । तर, मिलन र मेन्सनको सम्बन्धमा पूर्णरुपमा विश्राम लागेको छ । जीवनको कालखण्डलार्इ एकसाथ अगाडि बढाउने, हाँस्दा एकसाथ हाँस्ने र रुदा एकसाथ रुने यी दुर्इको सपना अधुरै रहन पुग्यो ।
प्रतिक्रिया