राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठक पहिलो पटक बस्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठक पहिलो पटक बस्दै

सारांश

  • काठमाडौँ , १४ वैशाख ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।
  • पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाएका हुन ।

काठमाडौँ , १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।

पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाएका हुन ।

पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३ सय को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल तथा नेतालाई एकताबद्ध गर्ने र मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा देशभर संगठन सुदृढीकरणबारे छलफल गर्ने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि पार्टीका अध्यक्ष राणाको संयोजकत्वमा गठन गरिएको निर्वाचन समीक्षासम्बन्धी कार्यदलले त्यसको प्रतिवेदन, अध्यक्ष राणाले राजनीतिक प्रतिवेदन, महामन्त्री धु्रवबहादुर प्रधानले सांगठनिक प्रतिवेदन, सचिवालय प्रमुख राजाराम श्रेष्ठले सचिवालयले अहिलेसम्म गरेका कार्यक्रमका साथै भावी कार्यक्रमको प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भई गत साउन २४ गते गठन भई भदौ ६ गते सर्वोच्च अदालतले मान्यता दिएको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठक पहिलो पटक बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्फोटक पदार्थसहित पाँच पक्राउ
विस्फोटक पदार्थसहित पाँच पक्राउ
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल
श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो
श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो
राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै
राजदुत प्रस्तावित माथिको उजुरी खोलिँदै
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?