मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न

सारांश

  • बुटवल,  १५ साउन ।
  • लायन्स क्लव अफ बुटवल क्षितिजले मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न गरेको छ ।
  • क्लवले बुटवल नयाँ बसपार्कमा संचालन गरेको शिविरमा १ सय १२ जनाले मधुमेहको परिक्षण गराएका छन ।

बुटवल,  १५ साउन । लायन्स क्लव अफ बुटवल क्षितिजले मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न गरेको छ । क्लवले बुटवल नयाँ बसपार्कमा संचालन गरेको शिविरमा १ सय १२ जनाले मधुमेहको परिक्षण गराएका छन । दिनप्रतिदिन मधुमेह रोग बढ्दो क्रममा रहेको भन्दै क्लवले जनचेतना फैलाउने र सुगरको परिक्षण कार्यक्रम अयोजना गरेको बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३ सय २५ बिटुका पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले मधुमेहको भयावह अवस्थालाई न्यूनिकरण गर्न सामुहीक पहलको खाँचो रहेको बताए । लायन्स अन्र्तराष्ट्रियले मधुमेह बिरुद्धको अभियानलाई मुख्य प्राथमिकतामा राखेर अभियान चलाएको अवस्थामा नेपालमा पनि यो अभियानलाई प्रभावकारी बनाउन सबै लायन्स क्लवले आफ्नो ठाउमा अभियान चलाउनुपर्ने श्रेष्ठले बताए । लाययन्स डिष्ट्रिक डायविटिज व्यवस्थापन समिति संयोजक प्रतिमा श्रेष्ठले डिष्ट्रिक गर्भनरले पनि डायबिटिज बिरुद्धको मुख्य कार्यक्रम सार्वजनिक गरिसकेको जानकारी दिईन । उनले डिष्ट्रिक अन्तर्तगत यो बर्ष डायबिटिज बिरुद्धको कार्यक्रमलाई प्राथमिकता दिन क्लवलाई आग्रह गरिन ।

जोन चियर पर्सन लोकनाथ उपाध्यायले बसपार्कमा मधुमेह परिक्षण कार्यक्रम अयोजना गरेर क्लवले सामाजिक उत्तरदायीत्व पुरा गरेको बताए । डायाबिटिज बिरुद्ध लायन्सअन्तराष्ट्रियले अभियान संचालन गरेको अवस्थामा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाई थियो । क्लवका निर्देशक शंकर पाण्डेले मधुमेह शिविर प्रत्येक महिलाना संचालन गर्ने जानकारी दिए । पाण्डेले बुटवल उपमहानगरपालिकाले पनि कार्यक्रमलाई आवश्य सहयोग गर्ने बचन दिएकाले हरेक महिना बसपार्कममा मधुमेह परिक्षण शिविर अयोजना हुने बताए ।

शिविरमा थाईरो ल्याव बुटवलको प्राबिधिक सहयोग रेहेको थियो । ल्यावका संचालक प्रेमराज न्यौपानेले व्यवसाय सगै सामाजिक सेवालाई साथै लैजाने उदेश्य सहित क्लव संग सहकार्य गरिएको बताए । सवारी धनि, चालक, र यात्रुलाई ध्यानमा राखी शिविरलाई बसपार्कमा आयोजना गरिएको क्लवका अध्यक्ष नारायण बहादुर थापाले बताए । शिविर मार्फत केही मात्रामा भए पनि मधुमेह रोग नियन्त्रणमा सहयोग पुग्ने अध्यक्ष थापाले आशा व्यक्त गरे ।
कर्यक्रमको संचालन क्लवका तृतिय उपाध्यक्ष आबिश्कार खनालले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै परिवारका तीन जनाले गरे आत्महत्या
एकै परिवारका तीन जनाले गरे आत्महत्या
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
तालीम नलिई विदेश जाँदा न्यून तलब
तालीम नलिई विदेश जाँदा न्यून तलब
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
बेलढुङ्गा ‘हाइकिङ’ लाई उत्कृष्ट
बेलढुङ्गा ‘हाइकिङ’ लाई उत्कृष्ट

तपाईंले छुटाउनुभयो कि?