आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले १० वर्षको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको आग्रह र पूर्वाग्रहमुक्त छलफल गर्दै निष्कर्ष निकाल्न समिति गठन गर्ने माग गरेका हुन् ।

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले १० वर्षको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको आग्रह र पूर्वाग्रहमुक्त छलफल गर्दै निष्कर्ष निकाल्न समिति गठन गर्ने माग गरेका हुन् । उनले भने, “विगत १० वर्षका बजेटको समीक्षा गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु । अर्थविद् नागरिक समाज, किसान, पत्रकार, पूर्वन्यायाधीश र सम्बन्धित क्षेत्रका विज्ञसहितको उच्चस्तरीय आयोग वा समिति बनाऔँ ।”

उनले प्रतिपक्ष दलबाट बजेटको वस्तुनिष्ठ समीक्षा नभएको आरोप समेत लगाए । पूर्व अर्थमन्त्री शर्माले भने, “चालु आवको बजेटको समीक्षा गर्दै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले शून्य अङ्क दिए । उनको उक्त मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु ।”

उनले राजनीतिक सहमतिका साथ ०४६ सालदेखि अहिलेसम्म उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने प्र्रस्तावसमेत गरे । उनले भने, “मेरो प्रस्ताव छ, २०४६ पछि २०८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्ने आयोग बनाऔँ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिने जस्तो नाटक चाहिँ नगरौँ । दूधको दूध, पानीको पानी गरौँ, यो कार्यान्वयन गरौँ । त्यसका लागि राजनीतिक सहमति गरौँ ।” उनले निर्यातमा आठ प्रतिशत अनुदान दिने नीतिको प्रभाव देखिन अझै केही वर्ष लाग्ने उनले बताए ।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
रेबिजविरुद्धको विशेष भ्याक्सिन उपलब्ध नहुुँदा समस्या
रेबिजविरुद्धको विशेष भ्याक्सिन उपलब्ध नहुुँदा समस्या
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
पाँचवटा सहकारीको ३ अर्ब ठगीमा संलग्नहरू
मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार
मौन अवधिमा बालबालिका प्रयोग गरी चुनाव प्रचार
Cancer of the breast Genetic Guidance
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
नगरपालिका सङ्घमा ब्याञ्जु, कुन प्रदेशमा कसको नेतृत्व?
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने