उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
सारांश
- काठमाडौँ उपत्यकामा आइतबारदेखि विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरु तोकिएको समयमा मात्रै चलाउन पाइने भएको छ ।
- तोकिएको समयमा मात्रै सवारी चलाउनका लागि टाइम कार्ड लागु गरिएको छ ।
- काठमाडौँ उपत्यकाका सिडिओ, सुरक्षा निकाय हेर्ने डिआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गरेको निर्णय अनुसार।
काठमाडौँ उपत्यकामा आइतबारदेखि विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरु तोकिएको समयमा मात्रै चलाउन पाइने भएको छ । तोकिएको समयमा मात्रै सवारी चलाउनका लागि टाइम कार्ड लागु गरिएको छ । काठमाडौँ उपत्यकाका सिडिओ, सुरक्षा निकाय हेर्ने डिआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गरेको निर्णय अनुसार। कार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याइएको छ । त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ । बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया