आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छिन् ।
  • किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिएकी हुन् ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छिन् ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिएकी हुन् ।

फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छिन् ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

उनले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण
सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण
वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
वातावरण संरक्षण सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाही
संसदको अर्को बैठक बैशाख २८ गते, प्रि-बजेटमा छलफल हुने
संसदको अर्को बैठक बैशाख २८ गते, प्रि-बजेटमा छलफल हुने
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन एक खर्ब लाग्ने
प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’
‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’