वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाैं। मनसुनी वायुको प्रभावका कारण भएको वर्षाले देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता विपद्हरू निम्त्याएको अधिकारीहरूले बताएका छन्। उनीहरूले त्यस्ता विपद् निम्तिएका स्थानहरूमा खोजी, उद्धार तथा राहतका कार्यहरू भइरहेको जानकारी दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल “देशभरि मनसुनी वायुको आंशिक प्रभाव” छ।  त्यसका कारणले देशैभरि आंशिकदेखि साधारण खालको मौसम बदली रहेको अवस्था छ।

विभागका अनुसार हाल “बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको” छ।

विभागका अधिकारीहरूले दिएको जानकारीअनुसार यो साताभरि नै देशका लगभग अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ।

उनीहरूले वर्षाले निम्त्याउन सक्ने विभिन्न विपद्‌बारे सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले दिएको जानकारीअनुसार विशेष गरी अहिले नेपालका कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मनसुनी विपद्‌का घटनाहरू देखिएका छन्।

“मंगलबार रातिदेखि अविरल वर्षा हुँदा कोशी र मधेश प्रदेशका केही जिल्लाहरूमा डुबानको समस्या उत्पन्न भएको छ,” उनले भने, “गण्डकी प्रदेशका केही जिल्लामा भने पहिरो पनि गएको छ।”

अधिकारीले कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा एउटा पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

“घाइतेहरूलाई सेनाको हेलिकप्टर पठाएर उपचारका लागि काठमाण्डू ल्याउन लागिएको छ,” उनले भने।

त्यस्तै गण्डकी प्रदेशको लमजुङमा पहिरोमा परेर एकैघरका चार सदस्यको मृत्यु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

क्व्होलासोथार गाउँपालिकामा पहिरो गएपछि उनीहरूको समेत तीनवटा घर पुरिएका थिए।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ।

ती खोला तथा नदीहरू जलसतह बढ्ने क्रम यो साताभरि नै जारी रहने उसको पूर्वानुमान छ।

यद्यपि हालसम्म देशका अधिकांश नदीहरूमा जलसतह “अति उच्च जोखिम”को अवस्थामा नपुगेको बुधवार बिहान जारी बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखले सामाजिक सञ्जालमार्फत् सतर्कता अपनाउन सूचनाहरू जारी गरिरहेको छ।

उसले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले दिएको जानकारीअनुसार अहिले देशैभरि प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्य जारी छ।

उनले भने, “अहिले हामीले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएका छौँ।”

“केन्द्रदेखि स्थानीय तहसम्मका विपद् समितिहरू अहिले सक्रिय भएका छन् र आवश्यक कार्यका साथै समन्वय पनि गरिरहेका छन्।”

उनले बाढी तथा डुबान प्रभावित क्षेत्रमा पहिले नै एसएमएसमार्फत् मानिसहरूलाई जानकारी दिने काम पनि गरिएको बताए।

जल तथा मौसम विज्ञान विभागले केही वर्षदेखि त्यस्तो पूर्वसूचना दिँदै आएको छ।

अधिकारीहरूले मनसुनी वर्षा बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्भावित प्रभावित क्षेत्रका मानिसहरूले सतर्कता अपनाएमा जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको भनाइ छ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार एक सातामा देशभरि बाढी, पहिरो, डुबान र चट्याङसम्बन्धी ५५ वटा विपद्‌का घटना भएका छन्।

ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने चार बेपत्ता र सात घाइते भएका छन्। त्यस अवधिमा कुल १११ परिवार प्रभावित भएको र नौवटा घरमा पूर्ण वा आंशिक क्षति पुगेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभरि नै देशैभरि पानी पर्ने सम्भावना छ।

उसले बुधवार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, “कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।”

“कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।”

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा विभिन्न स्थानमा ठूलो वर्षा भएको छ।

विभागको वेबसाइटमा राखिएको विवरणअनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको विराटनगरमा भएको छ। त्यहाँ ३६१ मिलिमिटर पानी परेको छ।

त्यस्तै कास्कीको पोखरामा १४०.९ मिलिमिटर पानी परेको छ। सरकारी समाचारसंस्था राससले जनाएअनुसार झापाको अनारमनीमा १२७.४ मिलिमिटर वर्षा भएको विवरण थियो।

त्यसैगरी उदयपुरको सुन्दरपुरमा ११८.८, कास्कीको लामापाटनमा ११५.४, लमजुङको बेँसीसहरमा १११, सिन्धुपाल्चोकको ढुङ्गेमा ९६.८, सङ्खुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, डडेलधुराको साहुखर्कमा ८०.६ र सिराहाको गोलबजारमा ४७.२ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptv-smarters

    I was suggested this web site by my cousin Im not sure whether this post is written by him as no one else know such detailed about my trouble You are incredible Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’