त्रिभुवन विमानस्थलबाट ८ हजार ६ सय अमेरिकी डलरसहित दुई महिला पक्राउ

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र १, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलबाट ८ हजार ६ सय अमेरिकी डलरसहित दुई महिला पक्राउ

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नेतृत्वमा अवैध मुद्रा ओसारपसारविरुद्ध चलाएको खानतलासी अभियानका क्रममा दुई महिला पक्राउ परेका छन्।
  • विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार काठमाडौँको गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखाकी ३५ वर्षीया ममता पाण्डे अवैध विदेशी मुद्रासहित नियन्त्रणमा परेका छन्।
  • नेपाल वायुसेवा निगमको आरए १५ उडानमार्फत क्वालालम्पुरतर्फ प्रस्थान गर्न लागेका ती निगम कर्मचारीहरूको शरीर र झोला नियमित सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले उनीहरूको साथबाट कुल ८ हजार ६ सय अमेरिकी डलर (प्रतिव्यक्ति ४ हजार ३०० डलर) बरामद गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नेतृत्वमा अवैध मुद्रा ओसारपसारविरुद्ध चलाएको खानतलासी अभियानका क्रममा दुई महिला पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार काठमाडौँको गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखाकी ३५ वर्षीया ममता पाण्डे अवैध विदेशी मुद्रासहित नियन्त्रणमा परेका छन्।
नेपाल वायुसेवा निगमको आरए १५ उडानमार्फत क्वालालम्पुरतर्फ प्रस्थान गर्न लागेका ती निगम कर्मचारीहरूको शरीर र झोला नियमित सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले उनीहरूको साथबाट कुल ८ हजार ६ सय अमेरिकी डलर (प्रतिव्यक्ति ४ हजार ३०० डलर) बरामद गरेको हो।
राजधानीस्थित विमानस्थलमा नियमित उडान पूर्वको ह्यान्ड ब्यागेज सुरक्षा खानतलासीका क्रममा गैरकानुनी तरिकाले विदेशी मुद्रा लैजान लागेको अवस्थामा दुवै जनालाई आइतबार नियन्त्रणमा लिइएको छ।
विदेशी मुद्राको गैरकानुनी ओसारपसार तथा सम्भावित वित्तीय अपराध रोक्न र कानुनी प्रक्रिया अगाडि बढाउनका लागि सुरक्षा संयन्त्रले यो कारबाही चलाएको हो।
पक्राउ परेका दुवै जना कर्मचारीलाई बरामद मुद्रासहित थप गहन अनुसन्धान र कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?