एक वर्षमा पन्ध्र सय घटना बढे

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
एक वर्षमा पन्ध्र सय घटना बढे

सारांश

  • गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ ।
  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् ।
  • इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् ।

इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० पीडित भएका थिए ।

यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ । यसैगरी, यस वर्ष विस्थापनका घटनामा आठ र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएको अभिलेख छ ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ पीडित भएको अभिलेख भयो । सो घटनामा गत वर्ष दुई हजार ८३४ घटना भएका थिए । अभिलेखअनुसार बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ ।

परिवाजनका सदस्यबाट १२९ महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १२० थियो । इन्सेकका अनुसार भने जति दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख गरिएको छ ।

बालबालिका अझै असुरक्षित

इन्सेकका अनुसार अझै पनि धेरै बालबालिका असुरक्षित रहेका छन् । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितीजस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा एक हजार ४४७ बालबालिका पीडित भएका छन् । उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । धेरैजसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैन । विद्यालयमा दिइने शारीरिक दण्डका घटना अभिलेख भएकामा सबैजसो घटना मिलापत्रमा टुङ्गिने गरेको उल्लेख गरिएको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदी

इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ । इन्सेकका अनुसार महोत्तरीको जलेश्वर कारागारको कैदीबन्दी क्षमता १३५ रहेकामा अहिले ५३२ कैदीबन्दी छन् । देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी छन् । क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएका इन्सेकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
देउवा सरकारले जाँदाजाँदै फेरि थप्यो सहिद, टिआरसी र बेपत्ता आयोगको १ वर्ष समय थप
देउवा सरकारले जाँदाजाँदै फेरि थप्यो सहिद, टिआरसी र बेपत्ता आयोगको १ वर्ष समय थप
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
भारतको पुरानै अडानका कारण सीमा विवाद वार्ता अनिश्चित
एमाले दलको नेतामा शाह सर्वसम्मत चयन
एमाले दलको नेतामा शाह सर्वसम्मत चयन
फेरि सक्रिय भयो मनसुनः सतर्क रहन आग्रह
अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???
अकूत सम्पत्ति कमाउनेमाथि अख्तियारको निगरानी : के होला त कारवाहि ???