कम्बल बोकेर तराइ झरेको वाइसिएलले न्यानो बाँड्न थाल्यो
सारांश
- काठमाडौं, ६ माघ ।
- वाइसिएल नेपालको केन्द्रय टोली कम्बल लिएर शितलहर प्रभावित तराई पुगेको छ ।
- वाइसिएलका अध्यक्ष दीपशिखाको नेतृत्वमा तराई पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्धपुरको दलित तथा मुसहर बस्तीका २०० परिवारलाई न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।
काठमाडौं, ६ माघ । वाइसिएल नेपालको केन्द्रय टोली कम्बल लिएर शितलहर प्रभावित तराई पुगेको छ । वाइसिएलका अध्यक्ष दीपशिखाको नेतृत्वमा तराई पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्धपुरको दलित तथा मुसहर बस्तीका २०० परिवारलाई न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।
शनिवार बिहान सिद्धपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउँसो धनुषाको धनुषाधाम नगरपालिका ६, ८, ९ मा न्यानो वितरण गर्ने कुरा वाइसिएलका महासचिव सुबोधराज शेर्पालीले बताएका छन् । न्यानो वितरण गर्दै वाइसिएलका अध्यक्ष दीपशिखाले भनेका छन्, “हामी दुःख साट्न आएका हौं । हामीले ल्याएको न्यानोले तराई न्यानो त नहोला तर मन न्यानो हुनेछ ।
अध्यक्ष दीपशिखाले विगत सम्झँदै थपे, “हामी तराईमा बाढी पस्दा पनि आएका थियौं र दुःख साटेका थियौं । तराईमा दुःख दुख्दा हामी मन मिलाउन आउँछौं । अब बन्ने बाम गठबन्धनको सरकारले गरिवी उन्मूलनको ठोस काम गर्छ र शितलहरबाट अर्को साल यति धेरै मानिसको क्षति हुँदैन ।”
महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको बताइएको छ । साथै ५० हेक्कड जÞमीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले बताएका छन् ।
प्रतिक्रिया