काठमाडौँको सम्धी बन्दै राजेन्द्र महतो

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
काठमाडौँको सम्धी बन्दै राजेन्द्र महतो

सारांश

  • संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै ‘काठमाडौँको दानापानी रोक्न’ नेपाल–भारत सीमामा धर्ना बसेका राजेन्द्र महतो अहिले काठमाडौँसँग सम्बन्ध गास्ने तयारीमा छन् ।
  • मधेशी नेताहरुमध्ये राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नै काठमाडौंमाथि नाकाबन्दीमा सबभन्दा बढी भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको छ ।
  • तर अहिले उनै महतो आफ्नो छोराको बिहे काठमाडौँका रैथाने नेवार समुदायमा गर्दैछन् ।

संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै ‘काठमाडौँको दानापानी रोक्न’ नेपाल–भारत सीमामा धर्ना बसेका राजेन्द्र महतो अहिले काठमाडौँसँग सम्बन्ध गास्ने तयारीमा छन् ।

मधेशी नेताहरुमध्ये राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नै काठमाडौंमाथि नाकाबन्दीमा सबभन्दा बढी भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको छ । तर अहिले उनै महतो आफ्नो छोराको बिहे काठमाडौँका रैथाने नेवार समुदायमा गर्दैछन् ।

हुन त काठमाडौँमा उनको आफ्नै घर पनि छ । उनी धेरै पहिलादेखि काठमाडौँमा बस्दै आएका छन् । तर आन्दोलनको क्रमममा काठमाडौँको नजरमा उनले जे छवि बनाएका थिए, आज उनै महतो काठमाडौँसँग पारिवारिक सम्बन्ध बनाउन थालेका छन् ।

मधेश आन्दोलन शुरु गर्दा उनले अधिकार नपाएसम्म काठमाडौँ फर्केर नआउने घोषणा गरी बानेश्वरमा रहेको आफ्नो पार्टी कार्यालय पनि मधेशमै सारेका थिए । त्यसबेला आन्दोलनको अगुवाई गर्दै उनी धेरै समयसम्म मधेशमै बसेर नाकाबन्दीका लागि सक्रिय थिए । अन्ततः त्यही काठमाडौँसँग उनी पारिवारिक सम्बन्ध बनाउन लागेका छन् ।

काठमाडौँको डिल्लीबजार बस्ने प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहे हुँदैछ । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार मंसिर १९ गते पलिशा र राघवेन्द्रबिच बिहे हुँदैछ । सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम हो ।

विद्रोही मधेशी नेताको छवि बनाएका महतोले पहाडी समुदायमा छोराको बिहे गर्नु निकै साहसिक काम भएको विश्लेषण भइरहेको छ । संयोजक महतोजस्तो व्यक्तिले काठमाडौँसँग पारिवारिक सम्बन्ध कायम गरेपछि नेपाली राजनीतिमा राष्ट्रिय एकताको ठूलो सन्देश जाने विश्लेषकहरु बताउँछन् ।

त्यसै पनि पछिल्लो समय उनी नेपालमा हिमाल, पहाड र मधेशका उत्पीडित समुदाय नमिलेसम्म अधिकार प्राप्त हुँदैन भन्ने मान्यता राख्दै आएका छन् ।

मधेशी र पहाडका आदिवासी जनजाति मिलेर अधिकारका लागि संघर्ष गर्नुपर्छ भनि उनले पटक पटक पार्टीमा आवाज उठाउँदै आएका छन् । र, उनले नेवारी समुदायमा छोराको बिहे गरेर त्यसको शुरुवात आफ्नै परिवारबाट गरेका छन् ।

हुनत राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआइटी कलेजमा सँगै पढ्दा दुईजनाको बिचमा चिनजान भएको थियो । त्यही चिनजान प्रेममा परिवर्तन भयो । र, पारिवारिक सहमतिमा दुईजनाको बिचमा बिहे हुनलागेको छ ।

पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवैजनाले एमबीए गरेका छन् ।

हुन त यसअघि पनि मधेशी नेताहरुले पहाडी समुदायसँग बिहे नगरेका होइनन् । तर, नाकाबन्दीका कारण पहाडमा संयोजकको जुन छवि छ, त्यस अर्थमा अरु नेताको बिहेभन्दा महतोको छोराको बिहेले महत्व राख्दछ ।

नेताहरु हृदयश त्रिपाठी, जितेन्द्र देव, जेपी गुप्ता, रामकुमार शर्मा, वृषेशचन्द्र लाल, रामरिझन यादव, विजयकुमार गच्छदार, सर्वेन्द्रनाथ शुक्ला, वंशीधर मिश्र, विश्वनाथ साह, गणेश साह लगायतले पहाडी समुदायमा सम्बन्ध गाँसेका थिए । रातोपाटीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जीर्णोद्वार तीव्रगतिमा
नर्सिङ पेसा खर्च धेरै रोजगारी कम
नर्सिङ पेसा खर्च धेरै रोजगारी कम
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
देशभर मौसम बदलीः भारी वर्षााको सम्भावना
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !

तपाईंले छुटाउनुभयो कि?