कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १७, २०८०
|
|
४९ पटक हेरिएको
Shares
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको सपथ लिन लागेका छन् ।
  • मंगलबार नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको सपथ लिन लागेका छन् । मंगलबार नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।

मुख्यमन्त्री थापाले आफूसहित अन्य तीन मन्त्रीको साथमा सपथ लिन लागेका छन् । आज मन्त्रीको सपथ लिन लागेकामा मंगलबार सभामुखबाट राजीनामा दिएका नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम, नेपाली कांग्रेसको तर्फबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकिकृत समाजवादी)बाट कमल जबेगु रहेको बताइएको छ ।

यसअघि असार २१ गतेमुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभामुख रहेका गौतमलेसमेत समर्थन गरेको र उनले दलीय स्वतन्त्रता विपरीत समर्थन गरेको भन्दै सर्वोच्च अदालतले साउन ११ गते थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय खारेज गरिदिएको थियो । सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापाको नियुक्ति असंवैधानि रहेको कारण देखाउँदै सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद छन् । थापा एमाले र राप्रपा बाहेकका ४७ जना सांसदहरुको समर्थनमा ४७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”
प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”

तपाईंले छुटाउनुभयो कि?