खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
३० पटक हेरिएको
Shares
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ

सारांश

  • भक्तपुर ।
  • भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई हाल सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

भक्तपुर । भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई हाल सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल जिल्ला काठमाडौँ पेप्सीकोला बस्दै रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने ४३ वर्षीय दिलबहदुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न आठ स्थानबाट र भक्तपुरको १७ स्थानबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?