“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ८, २०७७
|
|
३७ पटक हेरिएको
Shares
“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

सारांश

  • ८ मंसिरः संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।
  • अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।

८ मंसिरः संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।

अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।

यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिका सहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकअर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।

रुस र अमेरिकाले प्रायः एकअर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए । तर ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।

ट्रम्प प्रशासन यसअघि इरानसँगको भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट समेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।

हाल राष्ट्रपति–निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।–एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
रुपकुमार र मेनुकाको नयाँ गीतमा ज्योती
रुपकुमार र मेनुकाको नयाँ गीतमा ज्योती
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग