गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

थापा भन्छन्- हाम्रो प्रयास सार्थक भयो 

काठमाडौं । बहुप्रतिक्षित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदबाट पारित भएसँगै अब अदालतबाट भ्रष्टाचारी प्रमाणित भएकाहरूले चुनाव नपाउने भएका छन् ।

खासगरी भ्रष्टाचार प्रमाणित भएकाले पनि चुनाव लड्न पाउनुपर्ने कांग्रेसका नेता प्रभावशाली नेता खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता लगायतको तर्कलाई अस्वीकार गर्दै सोमबार व्यवस्थापिका संसदले निर्वाचन सम्बन्धी विधेयक पारित गरेसँगै भ्रष्टाचारको सजायँ भोगेकाले चुनाव लड्न नपाउने भएका हुन् ।

यससँगै खुमबहादुर, चिरिञ्जीवी र जेपी गुप्ताको राजनीति लगभग समाप्त भएको छ । अब उनीहरु पार्टीमा मात्रै सिमित हुन बाँध्य भएका छन् । उनीहरु अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार पनि बन्न पाउने छैनन् ।

यसअघि कांग्रेसका राधेश्याम अधिकारी, आनन्द ढुंगानासहित १९ सांसदले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने माग गर्दै संशोधन संशोधन दर्ता गराएपनि चर्काे आलोचना र विरोध हुँदा सोमबार फिर्ता लिएका थिए । संशोधन फिर्ता लिएसँगै निर्वाचन विधेयक संसदबाट सर्वसम्मत पारित भएको थियो ।

गगन थापाले के भने ?

निर्वाचन विधेयकमा भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले संशोधन हालेपछि विरोधमा उत्रिएका युवा नेता गगन थापाले आफ्नो प्रयास सार्थक बनेकोमा खुसी प्रकट गरेका छन् ।

उनले कांग्रेसका सांसदहरुको संशोधन गलत रहेको र प्रस्ताव फिर्ता हुनुमा सम्पूर्ण नेपालीहरुको दबाबले सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । ‘हाम्रो प्रयास सार्थक बनेको छ । संशोधन प्रस्ताव गलत थियो, फिर्ता भयो । फिर्ता लिन दवाद दिने सबै साथीहरूलाई धन्यवाद,’ गगनले ट्वीटरमार्फत भनेका छन् ।

गगन थापाको प्रयास सफल भएपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ र राज्य संरक्षित भ्रष्टाचारका मुद्दामा पनि यस्तै दवाव जारी राख्न आग्रह गरिएको छ ।

यसअघि गगनले संशोधन प्रस्ताव आउँदा भ्रष्टाचारीले कुनैहालतमा चुनाव लड्न नपाउने र प्रस्ताव असफल हुने बताएका थिए । प्रस्ताव असफल आफू नै सक्रिय रहेको भन्दै उनले खुमबहादुरलाई काउन्टर दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?