अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै

सारांश

  • काठमाडौं।
  • कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पहिलो परीक्षण आज हुँदैछ ।
  • अधिकारीहरुले खोपको परीक्षणका लागि सहभागी हुनेहरुमध्ये पहिलो सहभागीलाई आज खोप दिइने जनाएका छन् ।

काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पहिलो परीक्षण आज हुँदैछ । अधिकारीहरुले खोपको परीक्षणका लागि सहभागी हुनेहरुमध्ये पहिलो सहभागीलाई आज खोप दिइने जनाएका छन् । 

अमेरिकाको वाशिङटन हेल्थ रिसर्च इन्स्टिच्युटले परीक्षण गर्न लागेको फक्स न्यूजले जनाएको छ । जनस्वास्थ्य अधिकारीका अनुसार यो भ्याक्सिनले पूर्ण रुपमा बैधानिकता पाउन १ वर्ष देखि १८ महिनासम्मको समय लाग्नेछ ।

आजदेखि सुरु हुने परीक्षण ४५ जना स्वस्थ र युवा स्वयंसेवीहरुमा गरिनेछ । उनीहरुमा नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कर्पोरेटले संयुक्त रुपमा तयार गरेको भ्याक्निको फरक फरक डोज परीक्षण गरिनेछ । 

विश्वभरका दर्जनौं अनुसन्धान समूहहरुले यसको भ्याक्स्नि तयार गर्न प्रयास गरिरहेका छन् । केहीले अस्थायी भ्याक्स्नि बनाउने प्रयास समेत गरिरहेका छन् जसले निश्च्ति समयसम्म भाइरसबाट बचाउन सकुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?