ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
६० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, २५ माघ – ओलीसहितका शीर्ष नेताबीच सहमतिबारे भएन छलफल ।
  •  एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् ।
  • मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् ।

काठमाडौ, २५ माघ – ओलीसहितका शीर्ष नेताबीच सहमतिबारे भएन छलफल । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।

१ र ३ मा कडा प्रतिस्पर्धा, ४ मा खगराज निर्णायक
प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् । ९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् । आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् । तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ ।

प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् । चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ । नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् । यद्यपि, दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन् ।

ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास
मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते
अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
गोलभेंडा र काउलीमा अत्यधिक विषादी
गोलभेंडा र काउलीमा अत्यधिक विषादी
प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने
प्रधानमन्त्री फर्किएपछि यातायाताको भाडा बढाइने
राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो ।
राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो ।
व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो
व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…

तपाईंले छुटाउनुभयो कि?