१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
१ सय ३० क्षेत्रको मतगणना चल्दै, जित र अग्रतामा एमालेको बर्चश्व

सारांश

  • काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ३२ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
  • नतिजा आएका ३२ क्षेत्रमध्ये एमालेले २१ स्थानमा जितेको छ ।
  • माओवादीले ७ क्षेत्रमा जित्दा काँग्रेसले भने ३ वटा क्षेत्रमा मात्रै जित निकालेको छ ।

काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ३२ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

नतिजा आएका ३२ क्षेत्रमध्ये एमालेले २१ स्थानमा जितेको छ । माओवादीले ७ क्षेत्रमा जित्दा काँग्रेसले भने ३ वटा क्षेत्रमा मात्रै जित निकालेको छ ।

यस्तै हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनुभयो । मतगणना भैरहेका १ सय ३० क्षेत्रमा पनि एमाले र माओवादीकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

एमालेले ५७ क्षेत्रमा अग्रता लिएको छ भने माओवादीले २७ क्षेत्रमा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेसले २३ क्षेत्रमा अग्रता लिएको छ । तराईका केही जिल्लामा भने तराइकेन्द्रीत दलले अग्रता लिएका छन् । संघीय समाजवादी फोरमले ९ क्षेत्रमा अग्रता लिएको छ ।

यस्तै राजपाले ९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै राप्रपा,नयाँशक्ति र जनमोर्चाले १/१ ठाउँमा अग्रता लिएका छन् ।

बुथ कब्जा गरेको आरोप प्रत्यारोपमा उत्रिएका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताविचको विवादका कारण स्याङजाका २ वटै क्षेत्रमा मतगणना रोकिएको छ । यस्तै अर्घाखाँचीमा भने मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको विषयमा विवाद हुँदा सन्धीखर्कको एक मतदान केन्द्रमा शनिबार मात्रै मतदान भैरहेकोले समग्र जिल्लाकै मतगणना सुरु भएको छैन् ।

(https://www.biolighttechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
सुन सहित भारतीय नागरीक पक्राउ
सुन सहित भारतीय नागरीक पक्राउ
मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै
मौन अवधिमा शीर्ष नेताहरु नोट दिएर भोट माँग्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

तपाईंले छुटाउनुभयो कि?