गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
सारांश
- दाङ, १३ साउन ।
- लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीले गाउँगाउँमा अभिभावकसमक्ष पुगेर अभिभावकलाई विभिन्न विषयमा शिक्षा दिएको छ ।
- विद्यालयका प्रिन्सिपल केशरमान बीसी सहितको विद्यालयको टोली अभिभावक समक्ष पुगेर प्रत्यक्ष अन्तक्र्रिया पनि गरेको छ ।
दाङ, १३ साउन । लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीले गाउँगाउँमा अभिभावकसमक्ष पुगेर अभिभावकलाई विभिन्न विषयमा शिक्षा दिएको छ । विद्यालयका प्रिन्सिपल केशरमान बीसी सहितको विद्यालयको टोली अभिभावक समक्ष पुगेर प्रत्यक्ष अन्तक्र्रिया पनि गरेको छ ।
अभिभावकहरुको घरमा पुगेर विद्यालयले अभिभावकलाई भेटेर विद्यार्थीका लागि अभिभावकले घरमा खेल्नुपर्ने भूमिका, गृहकार्य गरे/नगरेको जानकारी, स्वास्थ्य र सरसफाईसम्बन्धी जानकारी दिइएको प्रिन्सिपल केशरमान बुढाथोकीले बताए । त्यसैगरी जङ्क फुडको असर र प्रभावका विषयमा पनि अभिभावकहरुलाई जानकारी गराइएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया