हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् ।
- नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं २ का सांसदहरुसँग बालुवाटारमा भएको भेटघाटमा कुरा गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहमा हरेक मुद्दामा मिलापत्र नगर्न समेत आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं २ का सांसदहरुसँग बालुवाटारमा भएको भेटघाटमा कुरा गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहमा हरेक मुद्दामा मिलापत्र नगर्न समेत आग्रह गरेका छन् ।
नेकपाका सांसदलाई आफ्नो प्रदेशको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा दिंदै प्रधानमन्त्री ओलीले स्वरुप फेर्न लागि पर्न सुझाए ।
प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिहरुले मिलापत्र गराउन खोज्नु बेठीक भएको बताए । “सबै किसिमका हिंसामा मिलापत्रमा टुंगिदैनन् । गम्भीर खालका मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले आफनो क्षेत्राधिकारमा सबै अंगको मर्यादा हुने र सीमित हुनुपर्ने बताए ।
Muna Aidi
Janta ladarayara okilai motauna milapatra nagare