निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण

सारांश

  • शिखरन्युज १४ असार, राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी जहाज आज बिहान त्रिभुवन बिमानस्थलमा अवतरण भएको छ ।
  • २७४ सिट क्षमता भएको वाइड बडी जहाजको नाम ‘अन्नपूर्ण’ राखिएको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जहाजलाई ‘९ एन–एएल वाई कल फाइन’ नाम दिएको छ।

शिखरन्युज १४ असार, राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी जहाज आज बिहान त्रिभुवन बिमानस्थलमा अवतरण भएको छ ।

२७४ सिट क्षमता भएको वाइड बडी जहाजको नाम ‘अन्नपूर्ण’ राखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जहाजलाई ‘९ एन–एएल वाई कल फाइन’ नाम दिएको छ।

यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले बनाएको जहाज पहिलोपटक आज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।

निगमका अनुसार १० करोड ४८ लाख अमेरिकी डलरमा जहाज किनिएको हो। जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडान शुर गरी पहिलो उडान कतारको दोहामा गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?