मोदीको एक कल फोनपछि ओलीको मन परिवर्तन
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, ८ पुस । नेपालमा हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम आएको १५ दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन जना शीर्षस्थ नेता प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पैचण्डसँग छुटछुट्टै कुराकानी गरे र बधाई दिए ।
मोदीले एमाले अध्यक्ष ओलीसँग विशेष कुराकानी गरेको स्रोतको दाबी छ । उनले करिब ८ मिनेटभन्दा बढि नै ओलीसँग सम्वाद गरेका थिऐ । नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी नयाँ दिल्ली गएका थिए । उनले त्यहाँ रहँदा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिंग गरेका थिए । सोही अनुसार मोदीले नेपालका शीर्ष नेताहरुलाई एकै दिन बधाई तथा सफलताको शुभकामना दिएका हुन् ।
नेपालमा राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा विवादित बनेका प्रमुख दलहरु खासगरी नेपाली कांग्रेस भर्सेस वाम गठबन्धनको विवाद अब विस्तारै सुल्झिनेतर्फका संकेतहरु देखिएका छन् । यसको पछि दलहरुवीच सम्वाद सुचारु देखिएको छ ।
ओलीलाई भारतका प्रधानमन्त्री मोदीले निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई मात्रै दिएनन भारत भ्रमणको निम्तो दिँदै स्वागतको लागि आफू आँतुर रहेको सुनाए । विहिवार अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका हुन् ।
मोदीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् । जवाफमा एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् । “यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ ”, नेता ओलीले भनेका छन् ।
प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताए ।
प्रतिउत्तरमा ओलीले पनि गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिए । उनले नेपालको विकासमा भारतको सहयोग रहेको उल्लेख गर्दै फेरि पनि सशक्त रुपमा सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
नेपालमा अब एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने गृहकार्य सुरु भएको छ । उनी छिट्टै प्रधानमन्त्री पक्कापक्की भएको छ । तर यो बीचमा भारतीय प्रधानमन्त्री नै नेपाल भ्रमणमा आउने संभावना पनि छ । खासगरी मोदी अरुण तेस्रोको शिल्यानास गर्न नेपाल आउन सक्ने सूत्रहरुको भनाई छ ।
मोदीको एक कल फोनपछि नेपालका दलका नेताहरुवीच सौहार्दपूर्ण वातावरणमा कुराकानी सुचारु भएको छ । खासगरी कडा रुपमा प्रस्तुत भैरहेका एमाले अध्यक्ष ओली अहिले नरम बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जित्नेले विन्रमता देखाउनुपर्ने अभिव्यक्ति दिएकोले अहिले ओली नरम रुपमा प्रस्तुत भएको स्रोतको दाबी छ ।
Man Kc
बक्वास
Tilak Guragai
यहि हो काग्रेसलाइ भारत लगायको आरोप को फल
Durga Adhikari
Naya kura kehi hoina, Oli kaka pahile dekhi nai India ko Dal roti khai pai ayeka manche huna.
Deepak Bekalpa
Ea oli ba hat chai namilaunu hai
Ganesh Subedi
sawdhan rahanu jaruri chha .kinki india ko dekhaune dant auta ra khane dant arko hunchha.
Bikram Basnet
Mera ghanta man badli,yo anti ko dailog,