आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २२, २०७७
|
|
५१ पटक हेरिएको
Shares
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान

सारांश

  • बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् ।
  • अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त्यसमा भारु १५ हजारका दरले राखेर बाँडेको भन्ने खबर भाइरल भएको थियो ।
  • त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने आफू नरहेको वा त्यो समाचार नै पूर्ण रुपले झुट हुन सक्ने वा आफ्नो नाम खुलाउन नचाहने व्यक्तिले त्यस्तो गरेको हुन सक्ने बताएका हुन् ।

बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त्यसमा भारु १५ हजारका दरले राखेर बाँडेको भन्ने खबर भाइरल भएको थियो ।

त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने आफू नरहेको वा त्यो समाचार नै पूर्ण रुपले झुट हुन सक्ने वा आफ्नो नाम खुलाउन नचाहने व्यक्तिले त्यस्तो गरेको हुन सक्ने बताएका हुन् । उनले सोमबार बिहान ट्वीट गरेर रकम बाँडेको भन्ने खबरबारे प्रतिक्रिया दिएका हुन् । उनले सबैलाई सुरक्षित रुपमा रहन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?