मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २०, २०७४
|
२
|
६१ पटक हेरिएको
Shares
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !

सारांश

  • काठमाण्डौ  २० माघ ।
  • सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ ।
  • प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो ।

काठमाण्डौ  २० माघ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो ।

प्रदेश नम्वर १ को मुख्यमन्त्री कस्लाई बनाउने भन्ने विषयमा एमालेमा विशेषगरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद चर्चिएको छ । ओली पक्षधर शेरधन राईले आफू नै प्रदेश १ को भावी मुख्यमन्त्री भन्दै प्रचार गर्दै आएका छन् भने माधव नेपाल पक्षले भने जीवन घिमिरेलाई मुख्यमन्त्री नबनाए ओलीलाई सहयोग नगर्ने चेतावनी दिँदै आएका छन् ।

सोही प्रदेशमा पार्टीका सचिव तथा प्रदेश नम्बर एकका संयोजनक भिम आचार्यले पनि दाबी गरेका छन् । उनले अध्यक्ष केपी ओली निकट मानिने राईलाई चुनौति दिएका हुन् ।

आचार्यले पार्टी हेडक्वार्टरले आफूलाई नै मूख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने दाबी गरिरहेका छन् । राइले पनि सोही दाबी गरिरहेका छन् ।
दुवै दाबेदारले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै आफ्नो पक्षमा सहमति नभए संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र विजयी हुने दाबी गरेका छन् ।

मुख्यमन्त्रीका दाबेदारहरु अहिले तिब्र रुपमा लबिङ गर्न व्यस्त छन् । सहमति नभए चुनाव गर्नुपर्ने भएपछि मुख्यमन्त्रीका दाबेदार आचार्य र राई प्रदेश सासंदलाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् ।

पार्टीभित्रकै सासंद किनबेचसम्म हुने आशंका गर्न थालिएको छ ।

प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपाबिचको संयुक्त सरकार बन्दैछ । मूख्यमन्त्री भने फोरमले बनाउने सहमति भएको छ । तर कसलाई बनाउने भन्नेमा फोरमभित्र पनि विवाद छ । लालबाबु राउत र विजय यादवको नाम चर्चा छ ।

प्रदेश नम्बर तीनमा पनि राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबिच लडाई जस्तै चलेको छ । मूख्यमन्त्री बन्ने आशले प्रदेशसभामा चित्त बुझाएका पाण्डेलाई उपाध्यक्ष शाक्यले चुनौति दिएपछि साम दाम दण्डभेदकै प्रयोग हुने आशंका गरिएको छ । त्यसो त केन्द्रले पाण्डे र शाक्यबिच सहमति हुने नदेखेपछि तेस्रो विकल्प खोज्ने प्रयास पनि गरेको छ । तर तेस्रो व्यक्तिको रुपमा देखिएका केशव स्थापितलाई पार्टीभित्रैबाट मन पराइएको छैन । पशुपति चौलागाईलाई पनि पार्टीले अघि सार्न सकेको छैन ।

पाण्डे र शाक्य दुवै वरिष्ठ नेता नेपाल पक्षका भएकाले समस्या झन बढेको छ । यसैको फाइदा उठाउँदै अर्का नेता केशव स्थापितले आफूलाई ओली पक्षधर भएको प्रचार गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् । यही प्रदेशबाट पशुपति चौलागाईलाई पनि दाबेदारको रुपमा हेरिएको छ ।

प्रदेश नम्बर चारमा दुई गुरुङबिच जुँगाको लडाई छ । पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको दाबी छ ।
४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण र पृथ्वी सुब्बा नै रेसमा देखिएका हुन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । तर उनीहरुले मानेका छैन ।

अन्ततः चारमा पनि सासंद किनबेचकै खेल हुन सक्ने आशंका गरिएको छ ।
प्रदेश नम्बर ५ मा भने सचिव शंकर पोखरेल एक्ला उम्मेद्धवार हुन् । उनी सर्वसम्मतीले नै उम्मेद्धवार बनेका छन् । उनी संसदीय दलको नेता बनिसकेका छन् । त्यसैले यो प्रदेशमा कुनै विवाद छैन् ।

प्रदेश नम्बर ६ मा पनि सहमति हुन सकेको छैन । वाम गठबन्धन अन्तरगत माओवादीले प्रदेश सरकार बनाउन लागेको ६ मा पनि दुई जनाको दाबी छ ।

६ मा महेन्द्र शाही र नरेश भण्डारीबिच को हुने भन्नेमा विवाद देखिएको हो ।

माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । तर उनको नाममा पनि विवाद देखिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Thuiya, bhrasta mandale ka bhut haru.Dhikkar 6 timiharulai.Jau modiko geda chata.

    Comment Author

    Ghimire Lekh Nath

    यो कुरा २ नम्बर प्रदेस बाहेक अन्तभय पानीमा डुबेर मरे हुन्छ ओलि र प्रचन्ड !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन  !
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन !
नुहाउँदा नुहाउँदै करेन्ट लागेर एककाे मृत्यु !
नुहाउँदा नुहाउँदै करेन्ट लागेर एककाे मृत्यु !
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

तपाईंले छुटाउनुभयो कि?