सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

सारांश

  • काठमाडौैं ।
  • नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
  • नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोगमा साढे तीन महिना जेलमा बसेर निस्किएका लामिछाने क्रिकेट खेल्न पाउने गरी राष्ट्रिय टिममा छानिएका हुन् ।

काठमाडौैं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोगमा साढे तीन महिना जेलमा बसेर निस्किएका लामिछाने क्रिकेट खेल्न पाउने गरी राष्ट्रिय टिममा छानिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।

टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको कयान श्रोतले बताएको छ ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?