नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २९, २०८१
|
|
४० पटक हेरिएको
Shares
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने

सारांश

  • काठमाडौं।
  • आइसिसी पुरुष टी-२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ।
  • अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।

काठमाडौं। आइसिसी पुरुष टी-२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलो पटक आमनेसामने हुन लागेका हुन्। त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ।

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ। नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ। विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो।

यता श्रीलंकाको दक्षिण अफ्रिकासँग छ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए।

उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलंका विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे। विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो। जसमा नेपाल क्यानडासँग पराजित भएको थियो।

फ्लोरिडामै श्रीलंकाले भने दुई अभ्यास खेल खेलेको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो।

यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    itsrider

    My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Two swept rhinos spotted in Indian territory
Two swept rhinos spotted in Indian territory
बदर मत : सबैभन्दा कम मनाङमा, सबैभन्दा बढी २ नं प्रदेशमा
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
कानुन व्यवसायी चुनाव : बारमा प्रगतिशीलको दुई तिहाइमा आए चण्डेश्वर अध्यक्ष
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’