श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद र १ लाख जरिवाना फैसला

सारांश

  • पाटन उच्च अदालतले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहति पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।
  • व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न रहेको भन्दै न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजलासले उक्त फैसला सुनाएको हो।
  • जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले गुप्तासहित आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो।

पाटन उच्च अदालतले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहति पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।

व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न रहेको भन्दै न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजलासले उक्त फैसला सुनाएको हो।

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले गुप्तासहित आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो।

यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए। २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उक्त मुद्दामा सजाय निर्धारणको फैसला सुनाउँदै उच्च अदालतले यस्तो ठहर गरेको हो।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौती बापत ८५ लाख रूपैयाँ लिएर मुक्त गरेको अभियोग लागेको थियो।

गुप्तामाथि लागेको अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौँ जिल्ला अदालतले ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो। न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला सुनाएको थियो। उनी पटक पटक यस्तो विषयमा जेल बसिसकेका छन्।

गुप्तामाथि २६ माघ ०६८ मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १७ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो। व्यापारी संघाई ७ पुस ०६८ मा राजधानीको कमलादी मन्दिर नजिकबाट अपहरणमा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
कस्तो रहला बिहीबार देशभरको मौसम?
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘

तपाईंले छुटाउनुभयो कि?