मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ

सारांश

  • वाग्मती, १९ साउन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
  • जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
  • “शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ”, पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

वाग्मती, १९ साउन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । “शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ”, पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पौडेलले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले जनजीवनमा प्रतिकूल असर पारेको, निर्वाध चाडपर्व मनाउन तथा दैनिक जीवन व्यवहार सञ्चालन गर्नसमेत असहजता सिर्जना गरेको उल्लेख गर्दै पछिल्लोपटक वाग्मती प्रदेशका काठमाडौँसहित अन्य जिल्लामा सङ्क्रमण बढ्दो रहेको बताएका छन् ।

“यसर्थ कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वृद्ध तथा बालबालिकालाई घरमै बस्न आग्रह गरेको छ भने सुरक्षात्मक मापदण्ड परिपालना गर्न आम नागरिकलाई सजग गराउँदै आएको छ”, पौडेलले सन्देशमा भनेका छन् ।

उनले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी प्रदेश सरकारले आवश्यकतानुसार अन्य कदमसमेत अगाडि बढाउनुपर्ने हुन्छ भन्दै मानवजातिकै चुनौतीका रूपमा देखापरेको यस भाइरसका विरुद्धको लडाइँमा संयमता, धैर्य र आत्मविश्वासलाई कायम राख्दै सुरक्षात्मक मापदण्डको अनुसरण गर्न सक्दा विजयी हुने उल्लेख गरेका छन् ।

“रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी, भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वाससहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक आज पनि निष्कर्षविहिन
नेकपा सचिवालय बैठक आज पनि निष्कर्षविहिन
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह
नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
५ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?
५ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !

तपाईंले छुटाउनुभयो कि?