भारतबाट सामान आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने
सारांश
- काठमाडौ ।
- भारु पाँच करोड रुपैयाँभन्दा बढीको सामान भारतबाट आयात गर्दा अनिवार्य रूपमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएको छ ।
- चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
काठमाडौ । भारु पाँच करोड रुपैयाँभन्दा बढीको सामान भारतबाट आयात गर्दा अनिवार्य रूपमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । भारतसँगको व्यापारलाई वैधानिक प्राणालीमा जोडने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गरेको छ । यसअघि भारतबाट सामान आयात गर्दा एलसी खोल्नुपर्ने अनिवार्य व्यवस्था थिएन ।
वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहँदै आएको सन्दर्भमा उक्त कारोबारलाई बैंकिङ प्रणालीसँग जोड्ने उद्देश्यले भारु पाँच करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य रूपमा एलसीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतसँगको व्यापारलाई बैंकिङ प्रणालीमा ल्याउनका लागि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यो व्यवस्थाले सामान आयातमा बाहिरिने पैसा मात्र नभएर मुलुक भित्रिएको सामान पनि वैधानिक प्रणालीबाटै वितरण गर्न सहयोग पुग्ने छ । गत जेठसम्मको कुल वैदेशिक व्यापारमध्ये साढे ६५ प्रतिशत हिस्सा भारतको छ । गत वर्षको सोही अवधिमा यस्तो हिस्सा ०.८ प्रतिशत विन्दुले बढी हो ।
कुल व्यापारमा चीन र अन्य राष्ट्रको हिस्सा क्रमशस् १२.३ र २२.२ प्रतिशत छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । सोही अवधिमा १२ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने ८१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको सरकारी तथ्यांक छ ।।
प्रतिक्रिया