चुनावको अघि पुल बनाउ नापजाँच

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
६० पटक हेरिएको
Shares
चुनावको अघि पुल बनाउ नापजाँच

सारांश

  • मुस्ताङ, २६ कार्तिक।
  • पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्।
  • गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।

मुस्ताङ, २६ कार्तिक। पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्। गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।

तर चुनावी सकिएको लामो समयसम्म पनि काम अघि बढ्न नसकेपछि स्थानीय बासिन्दाले चुनाव प्रचारमा आएका गौचनसँग प्रश्न गरेका थिए। त्यस लगत्तै जिल्लाका इन्जिनियर रवीन्द्र तिवारीले प्राविधिक टोली पठाएर सर्वे गर्न लगाएका थिए। तर स्थानीय बासिन्दा र अन्य राजनीतिक दलहरुले सरकारी योजना नभएको र कुनै भावी गुरुयोजना समेत नभएको ढुम्बा खोलामा पूलको नक्कली सर्भे गरेर ढाट्न खोजेको आरोप लगाएका छन्।

‘नापजाच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनिति उदाङ्गो भएको छ ।जिल्लाको बहालवाला ईन्जिनीयरले कुनै बिभागिय पत्र बिना पूलको सर्भे र लागत ईष्टमेट गर्न फिल्डमा जानु निर्वाचन आचारसहिंता बिपरित भएको एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेम प्रसाद तुलाचनले बताए ।

उनले निर्वाचन नजिक आईरहेको बेला सरकारी कार्यालयका कर्मचारीले यसप्रकारको गतिबिधि गर्न आचारसहिता उलङ्घन भएको बताए।

जिल्ला ईन्जिनीयर रबिन्द्र तिवारीले आफुले पूलको सर्भे गराउँन पठाउँन गम्भिर भूल भएको भन्दै माफी मागेका छन् ।

मुस्ताङसहित ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव हुँदैछ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही,  हाकिम कायस्थलाई किन संरक्षण ?
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही, हाकिम कायस्थलाई किन संरक्षण ?
मोटरसाइकलबाटै विश्वयात्रा गर्दै इरानी महिला
मोटरसाइकलबाटै विश्वयात्रा गर्दै इरानी महिला
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
समानुपातिकमा कांग्रेसको अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो, विवेकशील साझाको १ मत
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
५ किलो अफिमसहित ३ जना पक्राउ
५ किलो अफिमसहित ३ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?