यि हुन एक्सरेका फार्इदा र असरहरू

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
यि हुन एक्सरेका फार्इदा र असरहरू

सारांश

  • हाम्रो शरिर मा वा शरिरभित्र लागेको चोट पटक रोग आदि पत्ता लगाउन एक्सरे को धेरै महत्व छ ।
  • शरिर भित्र अर्थात हड्डी टुट फुट भएको केहि अड्किएको जस्ता भित्रि रोग पत्ता लगाउने एक मात्र भरपर्दो औजार हो एक्सरे ।
  •   विरामिको समस्या तथा रोग पत्ता लगाउन सहयोग गर्ने त्यहि एक्सरे तथा सिटिस्क्यान मानवको लागि कति घातक छ त ?

हाम्रो शरिर मा वा शरिरभित्र लागेको चोट पटक रोग आदि पत्ता लगाउन एक्सरे को धेरै महत्व छ । शरिर भित्र अर्थात हड्डी टुट फुट भएको केहि अड्किएको जस्ता भित्रि रोग पत्ता लगाउने एक मात्र भरपर्दो औजार हो एक्सरे ।  विरामिको समस्या तथा रोग पत्ता लगाउन सहयोग गर्ने त्यहि एक्सरे तथा सिटिस्क्यान मानवको लागि कति घातक छ त ? यहि विषयमा काठमाडौको बिर अस्पतालमा दुई बर्ष कार्यअनुभव सम्हालेकी तथा हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत रेडियो टेक्नोलोजिस्ट स्निता गुरुंङ्ग ले यस सम्बन्धि केहि तथ्यहरु बताउनु भएको छ ।

एक्सरेको आविस्कार Wilhelm Conrad Rendgen ले सन १८९५ नोभेम्वर ८ का दिन गरेका हुन् । Rendgen  एउटा जर्मन प्रोफेसर थिए । उनले सर्वप्रथम आफ्नै ल्यावमा CATHODE Ray  को प्रयोग गरेका थिए । प्रयोग गरिरहंदा fluorescent crystal हरु उनको ट्यूवमा चम्किंदा छक्क परे । त्यसपछि उनले ग्लास Envolope मा positive र negative Electrodes  high current प्रयोग गरि Flourescent crystal लाई कालो कागजले छोपेका थिए र उनले त्यसै समयमा त्यांहा एक किसिमको प्रकाश देखे । जुन विकिरण भएको पछि थाहा पाए ।

उक्त विकिरणले कुनैपनि बस्तुको तस्विर बनाउने कुरा पत्ता लगाई सर्वप्रथम आफ्नै श्रीमतिको हातको एक्सरे गर्न सफल भए । उनको यही प्रयास नै चिकित्सा क्षेत्रकोलागी वरदान सावित भयो । उनको यही योगदानकालागी उनलाई सन् १९०१ म नोवेल पुरस्कार प्रदान गरिएको थियो । उक्त विकिरण हेर्दा नदेखिने महसुस गर्न नसकिने तर क्यान्सर जस्तो डरलाग्दो रोग लगाउने हुंने हुंदा विकिरण बाट हुने फाईदा र बेफाईदाहरु मैले थोरै भएपनि पाठकहरुलाई प्रस्ट पार्नैपर्ने उचित ठानेको छु ।
फाईदाहरु
१ शरिर भित्र भएका विभिन्न रोगहरु तथा हड्डी भाँचिएको वा नभाँचिएको पत्ता लगाउन सकिन्छ ।

२ एक्सरको जाँच बिना कुनैपनि रोगहरुको सहि उपचार असम्भव प्राय छ । जस्तो शरिर भित्र कुनै शिसा, फलाम, काँडा, जस्ता ठोस बस्तु भए नभएको एक्सरे द्धारा सजिलै पत्ता लगाउन सकिन्छ ।
३ क्यान्सर जस्तो ठुलो रोगको उपचारका लागि पनि विकिरण दिएर केहि हदसम्म निको पार्न मद्धत गर्दछ । जस्लाई Radiotheraphy भनिन्छ ।
बेफाईदा तथा असरहरु

१ तत्काल देखिने असरहरु
थकान महसूस हुने, आँखा चिलाउने, पोल्ने र रातो हुने आँखा सम्बन्धि रोग लाग्ने ।
छाला चिलाउने, पोल्ने र दाग देखा पर्ने
२ दिर्घकालिन असरहरु
कपाल झर्ने, छाला सम्बन्धि जटिल रोगहरु देखापर्ने ।
विकिरणले गर्दा गर्भवति आमामा भएको बच्चालाई समेत असर परि बच्चा लुलो, लंगडो, वा अंग भंग भएर जन्मन सक्ने ।
विकिरणको लगातार प्रयोगले पुरुष र महिला दुबैमा बाझोपन जस्ता जटिल समस्या पनि आउन सक्ने।
विकिरणको लगातार प्रयोगले शरिरमा क्यान्सर लाग्न सक्ने ।
विकिरणका असरबाट बच्ने उपायहरु

विकिरण उत्पन्न हुने कुनैपनि किसिमको प्रयोगहरु मानव बस्तिभन्दा टाढा राख्ने ।
विकिरण उत्पन्न हुने ठाँउ वरपर अनावश्यक रुपमा नजाने वा नबस्ने ।
अस्पताल भित्र विकिररणबाट बच्ने उपाएहरु
१ अनावश्यक एक्सरे वा सिटिस्क्यान नगर्ने ।
सामान्यतया अस्पताल भित्र विकिरणबाट बच्ने सिद्धान्तहरु
१ दुरी
एक्सरे वा सिटिस्क्यान गर्दा विकिरणको स्रोतबाट टाढा रहने ।
२ समय
सकेसम्म कम समय प्रयोग गर्ने जसले गर्दा विकिरण उत्पन्न हुने समय घटि कम विकिरण उत्पन्न हुन्छ ।
३ एक्सरे वा सिटिस्क्यान कोठाको बनावट
कोठा बनाउदा भित्तामा lead को प्रयोग गर्ने र Concrete को भित्ता बनाउने ।
४ विकिरणमा काम गर्ने व्यक्तिले अनिवार्य रुपमा Apron Gonald shild, Thyroid shiled को प्रयोग गर्ने ।
विकिरणमा काम गर्ने ब्यक्तिले अनिवार्य रुपमा विकिरण मावन यन्त्रको प्रयोग गर्ने । जस्तै LTD Badge.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन साहले यति धेरै भोट पाउनुको १० कारण
बालेन साहले यति धेरै भोट पाउनुको १० कारण
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका

तपाईंले छुटाउनुभयो कि?