काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)

सारांश

  • काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित) काठमाडौं, २९ भाद्र ।
  • उपत्यकामा बितेको २४ घन्टाभित्र आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार आज एक महिलासहित सातजनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
काठमाडौं, २९ भाद्र । उपत्यकामा बितेको २४ घन्टाभित्र आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक महिलासहित सातजनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु हुनेहरुमा काठमाडौंका ६ जना, ललितपुर र भक्तपुरका एक एक जना छन् । आज मृत्यु हुनेहरुमा ललितपुरका ५५ वर्षय पुरुषबाहेक सात जना वृद्धवृद्धा छन् ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ वृद्धि भइरहेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ६१ वर्षीया महिला
२. काठमाडौंका ७७ वर्षीय पुरुष
३. काठमाडौंका ६२ वर्षीय पुरुष
४. काठमाडौंका ७३ वर्षीय पुरुष
५. काठमाडौंका ८५ वर्षीय पुरुष
६. काठमाडौंका ७० वर्षीय पुरुष
७. ललितपुरका ५५ वर्षीय पुरुष
८. भक्तपुरका ७३ वर्षीय पुरुष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?