घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
५५ पटक हेरिएको
Shares
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन

सारांश

  • नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् ।
  • बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए ।
  • उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र संभव भएन भने राजनीतिबाट गर्नुपर्ने र त्यसका लागि राजनीति राम्रो हुनुपर्नेमा जोड दिए ।

नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए । उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र संभव भएन भने राजनीतिबाट गर्नुपर्ने र त्यसका लागि राजनीति राम्रो हुनुपर्नेमा जोड दिए ।

उनले भने–‘ राम्रो राष्ट्रको परिकल्पना गरेर राजनीति चाहियो, राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो । खराब राजनीतिक पार्टी भएको देशको राम्रो भविष्य हुँदैन् । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हुनुपर्यो । वीपीले २०१२ सालतिर प्रजातान्त्रिक समाजवाद भनेर एउटा वाक्य लेख्नुभएको थियो । अहिले पनि काँग्रेस त्यही भन्दैछ । प्रजातान्त्रिक समाजवाद कसरी आउँछ भनेर वैज्ञानिक तरिकाले भनिदियो वा परिक्षण गर्न सकिने तरिकाले भनिदियो भने त्यो काँग्रेसको वैज्ञानिक विचार भयो । तर त्यो कसैले भन्दैन ।’

उनले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । उनले भने–‘हामी एमाले वालाले भन्ने गरेको छौँ समृद्ध नेपाल सुखी नेपाली तर कसरी आउँछ थाहा छैन् । प्रचण्ड कमरेडले अस्ति पार्टीको महाधिवेशनमा २१ औं शताब्दीको वैज्ञानिक के के भन्नुभयो त्यो कसरी आउँछ थाहा छैन् । नेकपा एकीकृत समाजवादी यात्रा समृद्धिको लक्ष समाजवादको भन्छ, कसरी आउँछ परिक्षण गर्न सक्नेगरी भनिदेउन । दुईमा दुई जोड्दा चार हुन्छ । तीनमा २ घटाउँदा १ हुन्छ, ३ मा २ जोड्दा ५ हुन्छ भने जस्तै गरी बताइदियो भने समृद्ध नेपाल सुखी नेपाली, २१ औं शताब्दीको वैज्ञानिक समाजवाद, यात्रा समाजवादको, प्रजातान्त्रिक समाजवादको प्रस्ट हुन्थ्यो । यिनको यी सिद्धान्त यिनीहरुले बनाएका यी कार्यक्रमहरु वैज्ञानिक छैन ।’

पढेका जानेका बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै उनीहरुको चेतना बैज्ञानिक नभएको उनको टिप्पणी छ । नेता भुसालले यस्तो अवस्थामा मुलक कता जान्छ भन्दै प्रश्न गरे । देशमा यस्तो अस्वस्थ रहँदा माथिल्लो राजनीतिक नेतृत्वले गाडी र साडी व्यापारी पुँजीपतिसँग लगन गाँठो कसेर राष्ट्र दोहन गरेर बस्ने र ज्ञान, विज्ञान र चेतना मर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
भरुवा बन्दुक सहित पक्राउ
भरुवा बन्दुक सहित पक्राउ
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
चुनावमा भएको धाँधलीको छानवीन गर्न माग गर्दै महिलाले ओठ सिलाए
चुनावमा भएको धाँधलीको छानवीन गर्न माग गर्दै महिलाले ओठ सिलाए
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !

तपाईंले छुटाउनुभयो कि?