देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड

सारांश

  • चितवन, १४ साउन ।
  • तीन जिल्लाको पवित्र तीर्थस्थले देवघाटमा साउन महिनाको दोश्रो सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
  • कालीगण्डकी र त्रिशूली नदीको संगम वेणीमा स्नान गर्नाले पूण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो ।
चितवन, १४ साउन । तीन जिल्लाको पवित्र तीर्थस्थले देवघाटमा साउन महिनाको दोश्रो सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कालीगण्डकी र त्रिशूली नदीको संगम वेणीमा स्नान गर्नाले पूण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्दछ । साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पँहेलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ओम मेला भर्न आएका हुन् ।
साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउनाले पूण्य आर्जन हुने जनविश्वास रहेको छ । धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास रहेको देवघाट क्षेत्र विकास समतिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।
आइतबार साँझदेखि नै देवघाट आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका झक्तजन सोमबार बिहानै स्नान गरी भगवान शिवलाई गङ्गाजल र बेलपत्र चढाएर फर्कने गर्दछन् । देशका विभिन्न स्थानबाट भक्तजनहरु साउन स्नानको लागि देवघाटधाम आउने भएकाले त्यहाँको शान्ति सुरक्षालाई मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । धार्मिक क्षेत्रमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको राठौरले बताए । त्रिशूली नदीमा पानीको बहाब उच्च हुने भएका कारण देवघाट स्नान गर्न पुग्ने भक्तजनहरुलाई कुनै भवितव्य आइपरेमा गोताखोर प्रहरी समेत उद्धारको लागि परिचालन गरिएको छ ।
साउनको पहिलो सोमबार हरिशयनी एकादशी एकै दिनमा परेका कारण देवघाटमा भक्तजनहरुको उल्लेख्य उपस्थिति भएको हो । देवघाटको वेणी संगममा स्नानको लागि जाने झोलुङ्गे पुल जिर्ण भएका कारण त्यस ठाउँमा लाइन लगाएर तीर्थालुहरुलाई पुल तर्ने व्यवस्था नगरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?
खेलाडीको सेक्स लतलाई उनीहरूका प्रशिक्षकले कसरी नियन्त्रण गरेका हुन्छन् ?
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ