नयाँ अख्तियार प्रमुखमा को ? यी चार जनाको चर्चा !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
नयाँ अख्तियार प्रमुखमा को ? यी चार जनाको चर्चा !

सारांश

  • काठमाडौं, माघ २५ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा रिक्त स्थानमा नियुक्तिका लागि पूर्व तथा वर्तमान सचिवहरूको नाम चर्चामा आएको छ ।
  • प्रमुख आयुक्त पदको दाबेदार रहेका आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त पदमा नियुक्त गर्न मिल्ने कि नमिल्ने भन्ने कानुनी विवाद शुरु भएको छ ।

काठमाडौं, माघ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा रिक्त स्थानमा नियुक्तिका लागि पूर्व तथा वर्तमान सचिवहरूको नाम चर्चामा आएको छ । प्रमुख आयुक्त पदको दाबेदार रहेका आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त पदमा नियुक्त गर्न मिल्ने कि नमिल्ने भन्ने कानुनी विवाद शुरु भएको छ ।

यसअघि निर्वाचन आयोगमा आयुक्त रहेका अयोधी यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिनु संविधानप्रतिकूल रहेको भन्दै सर्वोच्च अदालतमा उजुरी परेको छ र उक्त मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । संविधानको भाग २१, धारा २३८ को उपधारा ‘५’ मा ‘उपधारा’ ‘२’ बमोजिम नियुक्त प्रमुख आयुक्त तथा आयुक्तको पुनः नियुक्त हुन सक्नेछैन’ भन्ने व्यहोरा उल्लिखित छ । ‘तर, आयुक्तलाई प्रमुख आयुक्त पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो आयुक्त प्रमुख आयुक्तको पदमा नियुक्त भएमा निजको पदावधि गणना गर्दा आयुक्त भएको अवधिलाई समेत जोडी गणना गरिनेछ’ भनी सोही धारामा लेखिएको छ ।

आयुक्त या प्रमुख आयुक्तको कार्यकाल ६ वर्षको हुने र ६५ वर्ष उमेर पूरा भएको अवस्थामा सोही मितिमा अवकाश हुनेछन् । नवीन घिमिरेले करिब तीन वर्ष आयुक्तका रूपमा बिताइसकेको हुनाले नयाँ बन्ने सरकारले पूरा अवधि (६ वर्ष) का लागि प्रमुख आयुक्त रहन सक्ने उम्मेदवारलाई प्राथमिकता दिने सम्भावना छ ।

प्रमुख आयुक्तमा वर्तमान सचिवहरू दीपेन्द्रनाथ शर्मा र ङइन्द्रप्रसाद उपाध्याय तथा अवकाशप्राप्त सचिवहरू बालानन्द पौडेल र श्रीधर सापकोटाको नाम सम्भावित प्रमुख आयुक्तका रूपमा चर्चामा आएको छ । तर, आयुक्त नवीन घिमिरे एमालेको सङ्गठित सदस्यसमेत रहेकोले घिमिरेलाई नै केपी ओलीले प्रमुख आयुक्त बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dev Khadka

    ?लक्ष्मी माताले कल्याण गरुन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?