नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने

सारांश

  • काठमाडौं, ९ असाेज ।
  • विश्व मुटु दिवस २०१८ काे अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने भएकाे छ ।
  • अस्पतालले मंगलबार जारी गरेकाे प्रेस बिज्ञप्तिमा उक्त कार्यक्रमकाे बारेमा  असाेज १३ गते पत्रकार सम्मेलन गरेर जानकारी दिने बतार्इएकाे छ ।

काठमाडौं, ९ असाेज । विश्व मुटु दिवस २०१८ काे अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने भएकाे छ । अस्पतालले मंगलबार जारी गरेकाे प्रेस बिज्ञप्तिमा उक्त कार्यक्रमकाे बारेमा  असाेज १३ गते पत्रकार सम्मेलन गरेर जानकारी दिने बतार्इएकाे छ । मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रम हुने बिज्ञप्तिमा भनिएकाे छ ।

नर्भिक हस्पिटलकाे बहिरङ्ग कक्षमा विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म हुने भनिएकाे उक्त कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठकाे समुह रहने बतार्इएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?