नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ८, २०७६
|
|
४६ पटक हेरिएको
Shares
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

सारांश

  • यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।
  • बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ ।
  • नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ ।

यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।

बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ ।

यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् ।

औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गर्नुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र स्थापना

खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताउनुभयो

मन्दिर स्थापना

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ । नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आज उदघाटन गर्नुभयो ।

नेपालगञ्जका उद्योगपति राजेशनारायण श्रेष्ठ र उनकी धर्मपत्नी अञ्जिता श्रेष्ठले आफ्ना हजुरबुबा स्व हरिबहादुर श्रेष्ठ र हजुरआमा स्व हीरादेवी श्रेष्ठको स्मृतिमा सरस्वती माताको मूर्ति प्राण प्रतिष्ठासहित स्थापना गर्नुभएको हो ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
जनता को घर बाटै किन लखेटिए  गृहमन्त्री शर्मा…
जनता को घर बाटै किन लखेटिए गृहमन्त्री शर्मा…
आजको राशीफल
आजको राशीफल
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय

तपाईंले छुटाउनुभयो कि?