नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नेपालसहित छिमेकी चार देश हेर्न आए ‘रअ’का पूर्वप्रमुख खन्ना

सारांश

  • काठमाडौं, २५ पुस ।
  • नेपालसहित छिमेकी ४ देशको भारतीय नीति तय गर्ने स्थानमा “रअ”का पूर्वप्रमुख राजेश खन्ना चुनिएका छन् ।
  • भारतीय जनता पार्टीले नेतृत्व गरेको भारतीय सरकारको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा खन्नालाई नियुक्त गरिएको हो ।

काठमाडौं, २५ पुस । नेपालसहित छिमेकी ४ देशको भारतीय नीति तय गर्ने स्थानमा “रअ”का पूर्वप्रमुख राजेश खन्ना चुनिएका छन् । भारतीय जनता पार्टीले नेतृत्व गरेको भारतीय सरकारको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा खन्नालाई नियुक्त गरिएको हो ।

खन्नालाई नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश हेर्ने गरी नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल छन् भने उनको सहायकको रुपमा खन्नाले जिम्मेवारी सम्हाल्ने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको क्याविनेटको समितिले उनको नियुक्ति आइतबार स्वीकृत गरेको छ । खन्नाले छिमेकी मुलुकहरु नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशमा भारतको नीति के हुने भन्ने विषयमा सरकारलाई सुझाव दिनेछन् ।

भारतमा सुरक्षा सल्लाहकार र डेपूटी सल्लाहकार निकै शक्तिशाली मानिन्छ । सुरक्षा परिषदको सचिवालयले प्रधानमन्त्रीलाई सुरक्षासँग सम्बन्धित रणनीतिक विषयको सुझाव दिनुको साथै प्रतिआतंकवादको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी दिने काम गर्दछ । सुरक्षा परिषदको प्रमुख स्वयं प्रधानमन्त्री मोदी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?