पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
पाकिस्तानको क्वेटामा भएको बम विस्फोटमा ९ जना घाइते

सारांश

  • काठमाडौं ।
  • पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
  • बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बिस्फोट भएको स्थानीय प्रहरीले बताएको छ ।

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बिस्फोट भएको स्थानीय प्रहरीले बताएको छ । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपतकालीन विभागमा सारिएको छ ।

केन्द्रका प्रवन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ । बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा बिस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?