प्रदेश २ मा असार ३ गते सार्वजनिक बिदा
सारांश
- १,असार ।
- प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- बैठकले प्रदेशभर एक दिनका लागि बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।
१,असार । प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बैठकले प्रदेशभर एक दिनका लागि बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।
यसैबीच प्रदेश २ को प्रदेश प्रहरी ऐन पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी बिहीबार मन्त्रिपरिषद बाट स्वीकृत भएको हो।
मन्त्रिपरिषद बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ।
ऐन छिटो प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेशसभाबाट सो ऐन पास हुने बित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ।
प्रतिक्रिया