बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो

सारांश

  • महोत्तरी, ९ मङ्सिर।
  • बर्दिबासमा हत्या भएकी ६ वर्षिया बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ ।
  • बालिकाको बलात्कारपछि हत्या भएको थियो।

महोत्तरी, ९ मङ्सिर। बर्दिबासमा हत्या भएकी ६ वर्षिया बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको थियो। ६ वर्षीया बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो । स्थानीयले बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका थिए । यसैबीच प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो। आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लागिएको हो ।

प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?