बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०८०
|
|
५४ पटक हेरिएको
Shares
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

सारांश

  • मुगु ।
  • मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।
  • बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए । उनका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् ।

स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।

अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् । “चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
खेलाडी प्रतियोगिताबाट वञ्चित
खेलाडी प्रतियोगिताबाट वञ्चित
भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
मातातीर्थ कुण्डमा भक्तजनको भीड
मातातीर्थ कुण्डमा भक्तजनको भीड
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
तेल बोक्ने ट्याँकरले गाँजा ओसार्दै
तेल बोक्ने ट्याँकरले गाँजा ओसार्दै
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
आखिर किन प्रियंका चोपडाले  उडाइन् सलमानको फिल्म भारतको मजाक?
आखिर किन प्रियंका चोपडाले उडाइन् सलमानको फिल्म भारतको मजाक?
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?