मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गर्नुभएको छ ।
  • सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गर्नुभएको हो ।
  • उहाँले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गर्नुभएको छ । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गर्नुभएको हो ।

उहाँले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको जनाउँदै उहाँले भन्नुभयो, “यो मेरो लागि नयाँ ठाउँ हो । कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पु¥याउने छु ।”
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा मुख्य सचिव वैरागीले मुलुकमा सुशासन र सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताउनुभयो । छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागाईँलगायतको सहभागिता थियो । बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी लिने उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
राहत प्याकेजसहित आज प्रधानमन्त्रीले राष्ट्रको नाममा संबोधन गर्दै
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…
राजकुमार ह्यारीले गुरुङलाई विवाहको निम्तो पठाएपछि…
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गोरखामा भूकम्पको धक्का
गोरखामा भूकम्पको धक्का
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
३३ किलाे सुन प्रकरण: भाारतमा यी दुइजना सहित फेला
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
नेपाली विमानका लागि युरोपेली आकाश खुलेन
नेपाली विमानका लागि युरोपेली आकाश खुलेन