महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४० पटक हेरिएको
Shares
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका छन् ।
  • अभियोग नपुगेको भन्दै न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको हो ।

काठमाडौं, फागुन ६ । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका छन् । अभियोग नपुगेको भन्दै न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको हो । पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधारमा उनी डिल्लीबजार कारागारबाट खुमलटार निवास फर्किएका छन् ।

गत असोजमा रोशनीले महराविरुद्ध बोलेको भिडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपा सचिवालयले सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको सुझाव अनुसार त्यही दिन साँझ उनले राजीनामा दिएका थिए । तर, उक्त समय उनको राजीनामा पत्रमा उल्लेखित भाषा विवादित समेत बनेको थियो । राजीनामा पत्रमा महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका थिए ।

‘हिजो १३ असोज २०७६ देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ महराले हस्ताक्षर गरेको राजीनामा पत्रमा उल्लेख थियो ।

अहिले उनीमाथिको अनुसन्धान त सकियो तर संसदमा सभामुखको रुपमा अग्निप्रसाद सापकोटा निर्वा्चित भइसकेका छन् । संयोगले महरा सभामुख हुँदा उप–सभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले महरा जेल मुक्त भएकै दिन कानुनमन्त्रीको शपथ लिएकी छन् । तुम्बाहाम्फे प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा कानुनमन्त्री बनेकी हुँन् । उनले गत माघ ६ गते उप–सभाम्खबाट राजिनामा दिएकी थिइन् ।

सोमबार अदालतले सफाइ दिएसँगै महरालाई संसद् प्रवेशको बाटो खुला भएको छ । अव उनले हालसम्म रोकिदै आएको सुविधा सहित सदनको कामकारबाहीमा भाग लिन पाउने भएका छन् । आफुलाई षड्यन्त्र गरी फसाइएको बताउदै उनले सुनियोजित षड्यन्त्रको बिस्तारै पर्दाफास गर्दै जाने बताएका छन्। उनको पत्रको भाषालाई लिएर अहिले केहिले समाजिक सञ्जालमा समेत उनको अवको यात्राबारे चासो राखेका छन् । तर, महराले भने षड्यन्त्रको भन्डाफोर गर्ने बताएपनि पत्रको बारेमा भने केहि बोलेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
ओली यस्ता घोडा हुन्, जो तगडा सवारी चलाउने क्षमता राख्छन्। तर चाबुक लगाइरहनुपर्छ।’