महाकालीका बाढीपीडित घर फिर्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
महाकालीका बाढीपीडित घर फिर्ता

सारांश

  • कञ्चनपुर, ३० साउन ।
  • कञ्चनपुरको महाकाली नगरपालिका–१० का जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका परिवार घर फिर्ता भएका छन् ।
  • नगरपालिकाको शान्ति टोल, गिरी टोल, प्रतिभा टोल र गुरुङ टोलका बासिन्दा बाढीको पानी घटेपछि घर फिर्ता भएका हुन् ।

कञ्चनपुर, ३० साउन । कञ्चनपुरको महाकाली नगरपालिका–१० का जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका परिवार घर फिर्ता भएका छन् । नगरपालिकाको शान्ति टोल, गिरी टोल, प्रतिभा टोल र गुरुङ टोलका बासिन्दा बाढीको पानी घटेपछि घर फिर्ता भएका हुन् ।बाढीको पानी टोलमा पस्दा ३० परिवारका १८४ जनाले घर छाडेर सुरक्षित स्थानमा गएका थिए । अपाङ्ग, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई स्थानीय विद्यालयमा राखिएको थियो । अन्य स्थानीय आफन्तका घरमा शरण लिन बाध्य भएका थिए ।

पानी पर्ने क्रममा कमी आएसँगै डुबानमा परेको बस्तीको पानी घटेपछि स्थानीय बासिन्दा मङ्गलबार साँझदेखि नै घर फिर्ता हुने क्रम शुरु भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका जनक पन्तले बताएका छन् । ‘‘विस्थापनमा परेका सबै परिवार आज बिहानसम्म घर फिर्ता भइसकेका छन्’’ उनले बताए ।महाकाली नदीको बाढीले भत्काउन थालेको बाँधसमेत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मर्मत गरिएको छ । महाकाली नदीमा पानीको बहाव घटेपछि चारपाङ्ग्रे सवारीसाधनमा लगाएको रोकसमेत हटाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?